ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकालकै निरन्तरता

काठमाडौं, २९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभाले ६ जना नयाँ संचालक समिति चयन गरेको छ ।

साधारणसभाले सर्वसम्मतिमा संस्थापकबाट चन्द्रप्रसाद ढकाल, रामबहादूर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो ।

यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शन कृष्ण श्रेष्ठलाई चयन गरेको हो । समितिको बैंठकले सर्वसम्मतिमा बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाललाई नै चयन गरेको छ ।

बैंकको अध्यक्षमा पुनः चयन भएका अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनिएताको सपथ लिएका छन् । साथै सोही कार्यक्रममा नवनिर्वाचित सदस्यहरुले पनि पद तथा गोपनिएताको सपथ लिएका छन् ।

१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here