अन्तर बैंक कारोबार घट्यो

काठमाडौं २ माघ । एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारमा गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

गत आवको पाँच महिनामा कुल ८ खर्ब ७२ अर्ब ५ करोडकोको अन्तर बैंक कारोबार भएको थियो । तर, यो बर्ष २ खर्ब ७ अर्ब ९ करोडको शेयर कारोबार भएको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुको रु.१ खर्ब २८ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.७८ अर्ब ५६ करोड गरी कुल रु.२०७ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको रु.७ खर्ब ९७ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरुको रु.७४ अर्ब १६ करोड गरी कुल रु.८ खर्ब ७२ अर्ब ५ करोड अन्तर बैंक कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here