नेपालको ठूलो ‘अनलाइन फूड फेस्ट’ शुरू, १ रुपैयाँ खाना डेलिभरी हुने

काठमाडौं, २ माघ । फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म ‘अनलाइन फुड फेस्टिबल’ आजदेखि शुरु भएको छ ।

फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिबल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।

एक सातासम्म संचालन हुने अनलाइन फुड फेस्टिबलमा उत्कृष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना गर्दैछ । सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् ।

फुडमाण्डूको अनलाइन फुड फेस्टिबलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ । कम्पनीले केही दिनअघि मात्र पर्यटकीय नगरी पोखरामा आफ्नो सेवा विस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् ।

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथै अधिकतम ५०० रुपैयाँ बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ । त्यसैगरी कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुविधा दिनेछ ।

अनलाइन फुड फेस्टिबलमा कम्पनीले १ रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ भने फुड फेस्टिबलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरी फ्लाश सेलमा दिनको ३ पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ ।

अनलाइन फुड फेस्टिबलमा फोनपे मार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ ।अनलाइन फुड फेस्टिबल आफ्ना ग्राहकहरुलाई अनलाइनमार्फत फुड अर्डर विक्री गर्ने मात्र नभएर ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्ने आयोजकले बताएके छ ।

‘यस वर्ष हामी फुड फेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफरमेन्समार्फत मनोरन्जनसमेत प्रदान गर्नेछौं,’ कम्पनीका मार्केटिंङ एण्ड सेल्स म्यानेजर श्याम मालीले भने, ‘अझ यस पटक हामीले पोखारामा समेत अनलाइन फुड फेस्टिवल आयोजनागर्ने हुँदा थप उत्साहित भएका छौं ।’

उनका अनुसार ग्राहकहरुले अनलाइन फुड फेस्टिबलमा विभिन्न गेममार्फत भारी डिस्काउन्ट समेत प्राप्त गर्नेछन् । फुडमाण्डू अनलाइन फुड फेस्टिबलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन ।

जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्, जसले ग्राहकहरुलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराहरुको प्याकेज ग्राहकहरुलाई उपलब्ध गराउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here