‘हामी जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने होइनौं’

काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोली जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने व्यक्ति भएको जनाएका छन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् विघटन हुँदा जनता स्तब्ध भएको बेला ओली हाँस्दै हिँडेको भन्दै उनले आपत्ति जनाए।

‘आज जनता स्तब्ध भएको बेला तपाइँ हाँस्दै हिँड्नु भएको छ,’ उनले भने, ‘तपाइँको कमेन्ट एउटा जोकरले गरेको कमेन्ट बाहेक केही होइन ।’ संसद् विघटन गरेर जनताको उपलब्धीमाथि प्रहार भएको दाहालको टिप्पणी छ।

लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गरे।

‘जनाताको भाषा बोलिएको संविधानको मूल मर्ममाथि प्रहार भएको छ। हाम्रा सहिद ,वीर योद्धाहरुको उपलब्धिमाथि प्रहार भएको छ। यसकारण हामी चिन्तित छौं। हामी हसि‍मजाक गर्ने वातावरणमा छैनौं। हामी गम्भीर मुडमा छौं।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने बताए। ‘हामी तपाईँको बाटोमा हिँड्न सक्दैनौं| तपाईले रोजेको पतनको बाटो हो। त्यो बाटो हामीलाई स्वीकार्य छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here