स्पेनिस सुपरकपको उपाधि एथ्लेटिक बिल्बाओलाई, मेसीलाई रेड कार्ड

काठमाडौं, ५ माघ । स्पेन सुपरकोपाको उपाधि एथ्लेटिक विल्बाओले जितेको छ ।

सोमबार सम्पन्न फाइनलमा एथ्लेटिक विल्बाओले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै सुपरकोपाको उपाधि जितेको हो ।

एथ्लेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक-एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए ।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २- २ गोल गरेपछि खेल अतिरिक्त समय खेलाइएको थियो ।

एथ्लेटिक खेलको ९० मिनेटमा गोल गर्दै बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसपछि खेलको ९३औ मिनेटमा एथ्लेटिकले गोल गर्दै अग्रता बनाएर खेल जितेको थियो ।

यस खेलमा खेलको १२१औ मिनेटमा बार्सिलोनाका लियोनेल मेसीले रातो कार्ड पाएका थिए । बार्सिलोनाबाट खेल्ने क्रममा उनले पहिलो रातो कार्ड पाएका हुन् । बार्सिलोनाका लागि ७५३ खेल खेलेका मेसीले पहिलो पटक रातो कार्ड पाएका छन् ।

त्यस्तै मेसीले अर्जेन्टिनाबाट खेल्दा भने दुई पटक रातो कार्ड पाएका छन् ।

एथलेटिक बिल्बाओले योसँगै तेस्रो पटक सुपरकोपा जितेको छ । यस अघि बिल्बाओले सन १९८४ र २०१५ मा सुपर कोपाको उपाधि जितेको थियो ।

सुपरकोपाको उपाधि सबैभन्दा धेरै १३ पटक बार्सिलोनाले जितेको छ भने रियल म्याड्रिडले ११ पटक जितेको छ ।

स्पेनिस सुपरकोपामा गत सिजनको ला लिगा च्याम्पियन, ला लिगाको उपविजेता र गत सिजनको कोपा डेल रेका दुई फाइनालिष्ट गरि चार टिम खेल्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here