अमिताभ बच्चनले छाडे ‘कौन बनेगा करोडपति’

काठमाडौं । भारतिय सिनेमा क्षेत्र बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ बाट अलग्गिएका छन् ।

अघिल्लो हप्ता उनले ‘कौन बनेगा करोडपति’ को १२ औं संस्करणको सुटिङ सकेसंगै कार्यक्रमबाट अवकास लिएको जानकारी दिएका हुन् ।

अमिताभले आफ्नो ब्लगमार्फत् आफू थकित भएको भन्दै अब यस क्षेत्रबाट अवकास लिएको बताएका थिए ।

७८ वर्षीय अभिनेता अमिताभको अभिनय रहेका पछिल्ला सिनेमाहरु ‘मेडे’ र ‘ब्रह्यमास्त्र’ रिलिज हुने तयारीमा छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here