सूर्या लाईफ इन्स्योरेन्सको १२ औं साधारण सभा सम्पन्न,लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं, ५ माघ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १२ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आ.व. २०७५/०७६ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्यसहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

उक्त सभाबाट शेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम रु. १०,७७,५६,९००।- बराबरको बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर सहित ५.५२६ प्रतिशतका दरले हुने रकम रु ११,९०,९९,७११।- नगद लाभाँस गरी जम्मा १०.५२६ प्रतिशत बराबरको रकम रु. २२,६८,५६,६११।- लाभाँश पारित भएको छ ।

बाह्रौं वार्षिक साधारण सभामा निमित्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काबाट स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उक्त सभामा उपस्थित शेयरधनीहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापनको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here