सुनचाँदीको मूल्य बढ्न थाल्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य पुन बढ्न थालेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढ्यो । बुधबार चाँदीको कारोबार मूल्य १२ सय ६० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here