भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाको खोप

काठमाडौं, ७ माघ । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले १० लाख डोज खोप स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन तथा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेकाले विकास ‘कोभिशिल्ड भ्याक्सिन’ बिहीबारदेखि नै आउन थाल्ने त्रिपाठीले बताए ।

कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई खोपका लागि उपयुक्त जनसंख्याको रूपमा लिएका छौं ।

३ प्रतिशत जनसंख्या सफाइकर्मी, चिकित्साकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मीलाई केन्द्रित गरेर खोप दिइने छ,’ भारतीय राजदूत विनयमोहन क्वात्रा समेत सहभागी पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भने ।

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्। अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

नेपाल सरकारले अक्सफोर्ड-अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here