बिहानीपख देखिएका यस्ता लक्षणले मधुमेहको सङ्केत गर्छ

काठमाडौं । रगतमा चिनीको मात्रा उच्च हने समस्यालाई मधुमेह भनिन्छ । रगतमा चिनीको मात्रा उच्च भएमा यसले मुटु, मृगौलालगायत शरीरका विभिन्न अङ्गमा हानी पु¥याउन सक्छ ।

तर, मधुमेहको समस्या बढ्दै गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु हुन्छन् । यसले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छ । बिहानीपख देखिएका लक्षणहरुले मधुमेहको सङ्केत गर्छ ।

बिहानीपख देखिने समस्याहरुः

उठेपछि बिहानको समयमा मुख सुक्खा हुनु वा अत्याधिक प्यास लाग्नु टाइप २ मधुमेहको मुख्य सङ्केत हुन सक्छ । साथै, राति बारम्बार पिसाब लाग्ने वा दिनभर धेरै तिर्खा लागेको जस्तो भएको अनुभव भएका यो मधुमेहको सङ्केत हुनसक्छ । मधुमेहमा तिर्खा र अत्यधिक पिसाब लाग्नु रगतमा ग्लूकोजको मात्रा बढेर हुने हुन्छ ।

बिहानको समयमा मुख र घाँटी सुक्छ भने, सतर्क रहुनुपर्ने चिकित्सकहरूको भनाइ छ । यो टाइप २ मधुमेह को लागि एक मात्र सङ्केतसमेत हुन सक्छ । टाइप २ मधुमेहमा धेरै अन्य सामान्य लक्षणहरू छन् जसलाई सामान्य सोची वेबास्ता गर्ने गरिन्छ । जसको कारणले यस रोगलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।

यसका अलवा मधुमेह भएका व्यक्तिमा थकान, धमिलो दृष्टि, सानो घाउ निको हुन पनि लामो समय लागेमा, फङ्गल सङ्क्रमण, र शरीरमा दाग आएकोजस्तो लक्षण देखिन्छ । टाइप २ मधुमेहका लक्षण देखेमा वा यसबारे चिन्तित भएमा तुरुन्त एक चिकित्सककोमा गएर जाँच गराउनु पर्छ ।

रोग पत्ता लागेपछि रगतमा चिनीको स्तर नियन्त्रण राख्न जीवनशैली परिवर्तन गर्न सल्लाह दिन सकिन्छ । रगतमा चिनीको मात्रालाई व्यवस्थापनमा खानपानले विशेष भूमिका निर्वाह गरेको हुन्छ । कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण नगरेको खण्डमा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here