दिल्लीद्धारा सन्दीप लामिछानेसहित ५ खेलाडीलाई फुकुवा

काठमाडौं, ७ माघ । दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछाने सहित पाँच खेलाडीलाई आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) बाट फुकुवा गर्ने भएको छ ।

दिल्लीले बुधबार नेपालका सन्दीप लामिछाने, अष्ट्रेलियाका अलेक्स केरी डेनियल साम्स, ईंग्ल्याण्डका ज्यासन रोय र भारतका मोहित शर्मालाई रिलिज गरेको हो ।

गएको संस्करणमा एक खेलमा पनि मौका नपाएका सन्दीपलाई दिल्ली फुकुवा भएका छन् ।

आईपीएलको आउँदो संस्करणको अक्सन फेब्रुअरीको दोस्रो हप्तातिर हुन सक्ने बताइएको छ । सन्दीपलाई दिल्लीले सन २०१८मा अनुबन्ध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here