धेरै कमाई गर्ने बलिउड अभिनेत्रीको सूचीमा आलिया भट्ट सबैभन्दा माथी, कमाई कति ?

काठमाडौं । सन् २०२० मा कोरोना संक्रमणको कारण सिनेमा क्षेत्रको कमाई शुन्यप्राय भयो । यस वर्ष भारतिय सिनेमा क्षेत्रमा नयाँ सिनेमा रिलिज भएनन् ।

तर, सन् २०१९ को मनाईलाई हेर्दा भारतिय सिनेमा क्षेत्रमा धेरैल कमाई गर्ने अभिनेत्रीको सूचीमा आलिया भट्टको नाम सबैभन्दा माथी आउछ ।

त्यस वर्ष रिलिज भएको सिनेमा गल्ली ब्वाई ले निकै राम्रो व्यापार गर्यो । यसबाट आलियाको कमाई बढ्यो । यसको अलवा त्यसपछि आएको कलंक ले राम्रो कमाई गर्न नसकेपनि यसले आलियाको कमाईमा भने कुनै असर गरेन ।

साथै फ्रुटी र लेजको विज्ञापनबाट पनि त्यो वर्ष आलियाको कमाई राम्रै भयो । एक भारतिय सञ्चार माध्यमका अनुसार सन् २०१९ मा कुल ५९.१२ करोड भारु कमाई गर्दै आलिया सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको रुपमा रहिन् ।

२०२१ मा आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड् नामका दुई सिनेमा रिलिन हुँदै छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here