थप २७० जनामा कोरोना संक्रमण, ४०३ जना डिस्चार्ज

फाइल फोटो

काठमाडौं, ११ माघ । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here