प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते शक्ति प्रदर्शन

फाइलफोटो

काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिट्टी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here