१५ दिनभित्र नेपाल भित्रदै जावाको नयाँ मोटरसाइकल, मूल्य कति ?

काठमाडौं । जावा मोटरसाइकलको नयाँ सेग्मेन्ट जावा पेरक नेपाल भित्रने भएको छ ।

लकडाउनपछि नेपाल आएको जावाले आफ्नो नयाँ मोटरसाइकल १५ दिनभित्र नेपाल भित्र्याउने नेपालको लागि जावाको आधिकारीक वितरक अग्नी मोटो इन्कले बताएको छ ।

कस्तो छ विशेषता ?

कम्पनीका अनुसार पेरकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको पनि कम्पनीको दाबी छ ।

यसका अलवा सुरक्षाको लागि ड्यूल च्यानल एबीएस रहने पेरकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार दिइएको छ । कम्पनीले यसमा सेमी डिजिटल कन्सोल दिएको छ ।

मूल्य कति ?

जावा पेरक कम्पनीको उत्पादन लाइनअपकै सबैभन्दा महंगो मोटरसाइकल हो ।

नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजारदेखि ८ लाख रुपैयाँको बीचमा कायम हुने अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here