‘प्रिमियम सेग्मेन्ट’मा ओपाेकाे बिक्रिदर बढ्याे, बन्याे तिव्र वृद्धिदर भएको ब्राण्ड

काठमाडाैं । चिनियाँ स्मार्टफाेन ब्राण्ड ओपाे ‘प्रिमियम सेग्मेन्ट’मा सबै भन्दा तिव्र वृद्धिदर भएको स्मार्टफोन ब्राण्ड घोषित भएको छ।

काउन्टर पाेईण्ट रिसर्चले ओपाेलाई सन् २०१८ का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टका बिक्रिकाे आधारमा यो घोषणा गरेको हो।

८६३ प्रतिशत वृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणाीमा ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको दाबी गरेकाे छ ।

नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससँगको सहकार्य लगायत विभिन्न कारकतत्वहरु रहे पनि मुख्य कारण कम्पनीको उत्कृष्ट उत्पादन भएको कम्पनीको भनाइ छ।

‘ओपाे फाइण्ड एक्स’ स्मार्टफाेनले बटुलेकाे वाहवाहीले पनि कम्पनीकाे लाेकप्रियता बढाएकाे कम्पनीले बताएकाे छ ।

पेरिसकाे लुभ्र म्यूजियमबाट सार्वजनिक गरिएको फाइण्ड एक्स पानोरामिक आर्क स्क्रिन र आकर्षक पपअप क्यामेराका साथै स्लिक डिजाइनका लागि लाेकप्रिय छ।

प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ वृद्धिचक्रका रुपमा ब्यापारिक फाइभजी स्मार्ट फोनको प्रवेशसँगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टर पोइण्टको अनुमान छ।

फाइण्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमा पनि सन् २०१८ को अन्त्यतिर सार्वजनिक ओपो आर१७प्रोका लागि प्राप्त सफलताको पनि उल्लेख्य भुमिका रहेको कम्पनीले बताएकाे छ ।

नयाँ ओपाे रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपाेका लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने कम्पनीकाे दाबी छ ।

साथै, स्विट्जरल्याण्डमा भरखरै घोषणा गरिएकाे रेनो फाइभजी भ्यारियण्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुने पनि ओपाेले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here