भोजपुरमा क्यान महासंघको जिल्ला शाखा विस्तार

काठमाडौं, १४ माघ । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले प्रदेश नं १ अन्तर्गत भोजपुरमा जिल्ला शाखा विस्तार गरेको छ।

क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा अर्जुन राईको संयोजकत्वमा ५ सदस्यीय प्रबन्ध समितिको गठन भएको हो ।

समितिसदस्यहरु प्रजन राई,पवन श्रेष्ठ, आशीष निरौला र मनोज राई रहेका छन् ।

शाखा विस्तार कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खुसल रेग्मी, महासचिव नारायण थापा, केन्द्रिय सचिव तथा क्यान महासंघ ९ जिल्ला विस्तार र सदस्यता समितिका अध्यक्ष दिपेन्द्र राज सिंह, प्रदेश नं १ का अध्यक्ष भब तिमल्सिना र सचिव रोशन दाहालको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here