काठमाडौं, १४ माघ । नेपालमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ ।