प्रधानमन्त्रीलाई आफैं अदालत आएर लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओली सहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालत अवहेलना मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

पूर्व प्रधाननन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए।

यस्तै पूर्व सभामुख ढुंगानाले पनि अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here