महिला लघुवित्तको आइपीओ आउँदै

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

आइपीओ जारी गर्न लघुवित्तले यसअघि नै नेपाल एसबीआइ मचेन्ट बैंकिङलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।

लघुवित्तको प्रतिसेयर आम्दानी १८१.२७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ४०४.०१ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here