नेपालमा सुरक्षा जोखिम बढ्यो, भ्रमणमा उच्च सतर्कता अपनाउः अष्ट्रेलिया सरकार

काठमाडौं, १४ जेठ । अष्ट्रेलिया सरकारले नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागले सोमबार एक सूचना जारी गर्दै नेपाल भ्रमण गर्दा भिडभाडमा नजान र सुरक्षित रहने प्रयास गर्न भनेको छ ।

आइतबार साँझ काठमाडौं उपत्यकाका तीन स्थानमा बम विस्फोट भई ४ जनाको मृत्यु र केहि घाइते भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो ।

सरकारको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह गरिएको छ ।

नेपाललाई लेभल २ स्तरमा राखिएको छ जसमा खतरा भएपनि भ्रमण रद्द गर्न र पहिले नै बुकिङ गरिएका भ्रमण स्थगित नगरे पनि सावधान रहन आग्रह गरीएको छ ।

भिडभाड र आन्दोलनहरु जतिसुकैबेला हिंसात्मक हुन सक्ने भन्दै अष्ट्रेलियाले त्यस्ता प्रदर्शन भएको स्थानमा नजान भनेको छ ।

त्यस्तै सञ्चारमाध्यम र अन्य स्रोतहरुबाट सुरक्षा स्थितीको जानकारी निरन्तर लिइरहन र एक्लै ट्रेकिङमा नजान पनि सरकारले सुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here