महासंघले दियो पूर्वअध्यक्षलाई विभिन्‍न जिम्मेवारी, कसले के पाए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षलाई समेत विभिन्‍न कामको जिम्मेवारी दिएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले बिहीबार एक समारोहकाबीच पूर्वअध्यक्षलाई जिम्मेवारी दिएका हुन् । जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्‍वास व्यक्त गरे ।

महासंघका अनुसार पूर्वअध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल-भारत संयुक्त व्यापार संयन्त्रको जिम्मेवारी दिइएको छ । यस्तै महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्यम ज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई एशिया प्रशान्त क्षेत्रको चेम्बर अफ कमर्सको समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोदबहादुर श्रेष्ठलाई नेपाल चीन निजी क्षेत्र सहयोग फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज वैद्यलाई अन्तरराष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ ।

महासंघ पूर्वअध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्यको भूमिकामा छन् भने अर्का पूर्वअध्यक्ष चण्डीराज ढकाललाई भने कुनै पनि जिम्मेवारी दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here