३ महिनामा एप्पलले कमायो १११.४ बिलियन

काठमाडौं । कोरोनाको कारण विश्वमा धेरै आर्थिक क्षेत्र प्रभावित बने । तर, कोरोनाले अमेरिकाको टेक कम्पनी एप्पललाई भने कुनै प्रभाव पारेन ।

अमेरिकाी सञ्चार माध्यमका अनुसार गएको ३ महिनामा मात्रै १११.४ बिलियन कमाई गरेको छ । जसमा सबैभन्दा धेरै आई फोन १२ को मूख्य कारण रहेको बताईएको छ ।

चीनमा आईफोनको माग र प्रयोग २५ प्रतिशत घट्दा पनि कम्पनीले ३ महिनामै १११.४ बिलियन कमाएको हो । यस समयमा आईफोनको बिक्रीबाट मात्रै कम्पनीले ६५.६ बिलियन कमाएको थियो ।

यसअघि पनि ३ महिनामा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा एप्पल नै थियो । एप्पलले यसअघि सबैभन्दा धेरै २०१८ को पहिलो त्रैमासिकमा ६१.५८ बिलियनको कमाई गरेको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here