‘बिगबोस नेपाल’ विवादमा, सञ्चालन नगर्न भारतीय कम्पनीकाे चेतावनी

काठमाडौं, १४ जेठ । भारतको चर्चित प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिगबोसको संस्करण ‘बिगबोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ, ‘विश्वभर बिगब्रदरकोे अधिकार एंडेमोल शाइनग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशन प्रा.लि.लाई प्रदान गरिएको छैन ।’

बिगबोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस ‘आखाँ’ एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषणा गरेपछि एंडेमोलले चेतावनी दिएको हो ।

एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि. र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेकोे छ ।

‘प्रेस कन्फ्रिरेन्समा पनि धोका दिएर एंडेमोल शाइन ग्रुपको लोगो ब्यानरमा राखेको इन्टरनेटमा भेटिएका फोटोहरुबाट प्रष्ट हुन्छ । त्यसबाहेक आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क ‘आखाँ’ बिना कुनै अनुमति बिगबोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको छ’, एंडेमोलले भनेको छ ।

एंडेमोलशाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमा याचना माग्न र बिगबोस वा बिगब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको छ ।

एंडेमोलशाइनले अर्जुन नरसिंह केसीले आफू बिगबोसको लाइसेन्स होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको झुटा कागजातहरु हातपारेको समेत बताएको छ ।

एंडेमोलशाइन ग्रुपको सटिफिकेट, एंडेमोल शाइन ग्रुपको सटिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि बीचको फ्रयान्चाइज सम्झौता रहेको कागजहरु नक्कली भएको एंडेमोलले दाबी गरेको छ ।

अर्जुन नरसिंह केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको बताइएको छ ।

‘कुनै व्यक्ति, फर्म वाकम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको बिगब्रदर जस्ता शो निर्माण, सहभागीता, निर्माण, सञ्चालन गरेमा र यसको अधिकारहरु तथा बौद्धक सम्पत्तिको उल्लघंन गरेमा यसको जिम्मेवार उनीहरु हुनेछन्’ भन्दै एंडेमोल शाइनले चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here