काठमाडौं । चिनिया स्मार्टफोन निर्माण कम्पनी शाओमीले आफ्नो पछिल्लो स्मार्टफोन संस्करण ‘शाओमी एमआई ११’ ८ फेबु्रअरीबाट विश्वभर एकैपटक सार्वजनिक गर्ने भएको छ ।
विभिन्न ३ भेरियन्टमा सार्वजनिक गर्न लागिएको एमआई ११ को मूल्य भेरियन्ट अनुसार फरक फरक रहेको छ । जसमा ८ जिबी र्याम र १२८ जिबी स्पेश रहेको भेरियन्टको मूल्य ७२ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै, ८ जिबी र्याम र २५६ जिबी स्पेश रहेको भेरियन्टको मूल्य ७८ हजार रुपैयाँ तोकिएको छ भने १२ जिबी र्याम र २५६ जिबी स्पेश रहेको भेरियन्टको मूल्य ८६ हजार रुपैयाँ रहेको छ ।