सत्तारुढ समूह चुनाव लक्षित सभामा, प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त

काठमाडौं, १८ माघ । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ।

अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन्। सत्तारुढ समूह चुनाव लक्षित सभामा व्यस्त छ भने प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त रहेका छन् ।

आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप प्रचण्ड-माधव पक्षले माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ।

धर्ना कार्यक्रम २१ गतेसम्मका लागि तोकिएको थियो। यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।

यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौंलगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ।

ओली पक्षले माघ २३ गते नारायणहिटी दरबारअगाडि शक्ति प्रर्दशन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ। दुई लाख जनता उतार्ने यस अघि नै घोषणा गरि सकेको छ ।

उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here