ई-कमर्श अनलाइन सपिङ ‘मुकुन्डो’ सञ्चालनमा, डेलिभरी नि:शुल्क

काठमाडौं, १९ माघ । ई–कमर्श अनलाइन सपिङ मुकुन्डो डटकम सोमबारदेखि सञ्चालनमा आएको छ ।

अमेरिका र नेपालमा रही विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपाली युवाहरूले शुरु गरेको कम्पनी एमबीएसवाईएस ग्रुपको पहिलो भेञ्चर मुकुन्डो प्रालिले मुकुन्डो डटकम सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरूलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा ई–कमर्श मुकुन्डो थपिएको कम्पनीका बिजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदुनन्दन भट्टराईले बताए ।

मुकुन्डो डटकममा आधिकारिक र गुणस्तरका सामानहरू मात्रै पाइने उनले दावी गरे । उनले सामान खरिद गर्ने ग्राहकहरु सेवाबाट पूर्ण सन्तुष्ट हुनेमा आफू विश्वस्त रहेको बताए ।

यस अनलाइनबाट खरिद सामान खरिद गर्ने काठमाडौं उपत्यकाका ग्राहकले डेलिभरी चार्ज तिर्न पर्दैन । उनले निकट भविष्यमा नेपालभरी नै सेवा विस्तार गर्ने योजना समेत रहेको जानकारी दिए ।

त्यसैगरी मुकुन्डोबाट सामान खरिद गर्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गरी रकम भुक्तानी गर्न सकिन्छ । त्यसका साथै ई–सेवा आईएमई पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आईपिएसमाध्यमबाट समेत रकम भुक्तानी गर्न सकिन्छ ।

कम्पनीले एकवर्ष भित्रमा देशभर सामान डेलिभरी गर्ने उद्देश्य लिएको छ । मुकुन्डो डटकममा ग्राहकले सामान खरिद गर्दा त्यसबाट केही रकम गरिब तथा असाहय बालबालिकाको शिक्षामा खर्चिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here