दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं, २० माघ । दोलखाको कालिन्चोक गाउँपालिका–६ लापिलाङबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना भएको हो । दुर्घटनामा परी १९ जनाभन्दा घाइते भएका प्रहरीले जानकारी दिएको छ।

प्राप्त विवरणअनुसार दुर्घटनामा परी दोलखाका १३ जना, रामेछापका ४ जना, सिन्धुपाल्चोकका १ र भक्तपुरका १ जना घाइते भएका छन् ।

बस तीव्र गतिका कारण सडकमै पल्टिएको हो। बसका चालक फरार रहेका छन्। घाइतेको खाडीचौरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here