सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६६ वर्ष पुरा

१५ जेठ, काठमाडौं । आज २९ मे, ६६ वर्ष अगाडी सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूनिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा चुचुरोमा पाइला टेकेको दिन ।

नेपालले मे २९ लाख सगरमाथा दिवस घोषणा गरेको छ । विश्वभर यसलाई एभरेष्ट डे का रुपमा मनाइन्छ । यस दिनको अवसर पारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष कार्यक्रम राखेको छ ।

जहाँ आरोहीहरुलाई सम्मान गरिन्छ । पर्यटन विभागका अनुसार अहिलेसम्म करीव ६ हजार आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन् । ५ सय भन्दा बढी आरोहीले यस लोकप्रिय चुचुरोमा जाने या पुगेर फर्कने क्रममा ज्यान गुमाएका छन् । मे, सगरमाथा आरोहणको सबैभन्दा अनुकूल मौसम हो ।

त्यसकारण यस समय सरकारले बसन्त ऋतुकालिन मौसममा अन्य समयको तुलनामा दोब्बर रोयल्टी लिएर आरोहीहरुलाई सगरमाथा जाने अनुमति दिन्छ ।
सगरमाथामा आरोहीहरुको संख्या बढेसँगै पछिल्लो समय मूख्य सिजनमा अधिक चाप बढेको छ ।

यसले सगरमाथामा सुरक्षा चिन्तासँगै यसको अधिक दोहनका विषयमा पनि चर्चा शुरु भएको छ । प्रकृतिप्रेमीहरुको चिन्ता यो सुन्दर हिमाल मानिसको अधिक चहलपहलका कारण कुरुप नबनोस भन्ने नै हो ।

किनक सगरमाथामा हुने आरोहण केवल व्यापारिक आरोहण हो । यस्तो प्रकारको आरोहणले वास्तविक हिमाल आरोहणको नियमलाई चूनाति दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here