‘केजिएफ २’ प्रदर्शन हुने दिन राष्ट्रिय बिदा दिनुपर्ने माग सहित नरेन्द्र मोदीलाई पत्र

काठमाडौं । दक्षिण भारतीय सिनेमा क्षेत्रका स्टार अभिनेता यश अभिनित ‘केजिएफ च्याप्टर २’ आगामी जुलाई १६ तारिखबाट प्रदर्शनमा आउने पक्का भएसंगै दर्शकहरु उत्साहित बनेका छन् ।

चलचित्र प्रर्दशनको मिति तय भएसंगै अभिनेता यशका प्रशंसकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग राखेका छन् ।

भारतिय सञ्चार माध्यम डिएन इन्टरटेनमेन्टका अनुसार सामाजिक सञ्जाल ट्विटर मार्फत उक्त दिन राष्ट्रिय बिदा दिनुपर्ने मागसहित पत्र लेखेका छन् ।

‘केजिएफ च्याप्टर २’ हिन्दी, तमिल, तेलगू र मलयालम भाषामा सार्वजनिक हुनेछ । सिनेमामा यश र संजयबाहेक श्रीनिधि शेट्टी र रविना टंडन फिल्मका मुख्य कलाकार हुन् ।

यस सिनेमाको पहिलो च्याप्टर सन् २०१८ मा प्रदर्शनमा आएको थियो । जसले अत्यधिक चर्चा समेत कमाएको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here