युद्धमा कहिल्यै नहारेको नेपाल फुटबलमा भकुण्डो, क्रिकेटमा डल्ला फ्याँक्दा किन हार्ने ?

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।

मंगलवार काठमाडौंमा ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले खेलाडीको अभ्यासलाई जित्ने तहमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए।

कहिल्यै नहारेको देश लडाइँमा नहार्ने, काटमारसँग नहार्ने, गोलाबारुदसँग नहार्ने, खुकुरीले जित्ने यस्ता नेपालीले खेल भनेको एउटा भकुण्डो हान्ने त हो ! किन हार्नुपरेको छ ?’ ओलीले भने ।

‘राष्ट्रिय युद्ध हामी जित्ने, एउटा कुस्ती हार्ने, राष्टिय युद्ध जितेर देशलाई स्वाधीन बनाउने, एउटा कराँते हार्ने ? एउटा भारत्तोलन हार्ने ? यो हामीलाई मिलिराखेको छैन, आफ्नो अभ्यासलाई जित्ने तहमा पुर्‍याउनुपर्‍यो ।’

खेलमा जस्तै राजनीतिमा पनि जीत हार इगोको विषय बन्ने गरेको ओलीले बताए । ‘अहिले चुनावमा गएर जित्नेभन्दा संसद फिर्ता गर्न पाए हुन्थ्यो भनिरहेका छन्, देशलाई हानी होस् कि नोक्सान । हार जीतको ठूलो महत्त्व छ, मनोवैज्ञानिक रूपमा,’ ओलीले भने ।

‘संसद विघटन पनि जित र हार विषय बनिरहेको छ। संसद भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन्। केहीका लागि होइन। जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here