शिक्षा क्षेत्रको लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा समग्र शिक्षा क्षेत्रको १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

त्यस्तै अब एक जना विध्यार्थीले एक प्रकारको मात्रै छात्रवृत्ति पाउने व्यवस्था गरिएको पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

अर्थमन्त्रीले छात्रवृत्तिका लागि ३ अर्व बजेट विनियोजन गरिएको बताएका छन् ।

त्यस्तै सरकारी विद्यालयको स्तर वृद्धिको लागि ३०० वटा नयाँ र आधुनिक भवन निमार्ण गर्न ८ अर्व ५३ करोड विनियोजन गरिएको छ ।

विश्व विद्यालय अनुदानको आयोगको लागि १७ अर्व ६४ करोडको बजेट विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here