वृद्धभत्ता मासिक एक हजार बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्तामा ५० प्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै वृद्ध भत्ता
लगायत सामाजिक सुरक्षा भत्ता बढाएको घोषणा गरेका हुन् ।

वृद्ध भत्ता हाल मासिक २ हजार रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षदेखि मासिक १ हजार रुपैयाँ बढ्नेछ । जसबाट नेपालमा रहेका १३ लाख वृद्धवृद्धाहरु लाभान्वित हुनेछन् ।

त्यस्तै एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक भत्तामा पनि एक हजार वृद्धि भएको अर्थमन्त्रीले बताएका छन् ।

जसबाट ९ लाख अपाङ्ग र एकल महिलाहरु लाभान्वित हनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here