कोरोना प्रभाव : २०२० मा चीनको जन्मदर एक तिहाइ घट्यो

काठमाडौं । कोरोना भाइरस महामारीको बीचमा, चीनमा जन्म दर गत वर्ष एक तिहाईले घटेको छ ।

गत सोमबार चीनको सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०१९ को तुलनामा चीनमा जन्मदर झण्डै १५ प्रतिशतले कम भएको हो ।

२०१९ मा ११.७९ मिलियन बच्चा जन्मिएकोमा २०२० मा त्यो संख्या घटेर १०.०३ मिलियनमा झरेको हो ।

चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । देशको जनसंख्या नियन्त्रण गर्नको लागि चिनिया सरकारले ‘एक बाल निति’ समेत ल्याएको थियो ।

जनसंख्या तिब्र रुपमा घट्न थालेपनि सरकारले २०१६ पछि दुईजना बच्चा पाउन सक्ने निति बनाएको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here