आयकरको सीमा बढ्याे, पूँजीगत लाभकर घट्याे

काठमाडाैं, १५ जेठ । सरकारले आयकरको सीमा बढाएकाे छ ।

आर्थिक वर्ष २०७६/७७ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिगत आम्दानीमा चार लाख र दम्पतितर्फ साढे चार लाख आम्दानी सम्ममा कर नलाग्ने घाेषणा गरेका हुन् ।

मदिरा, चुराेट र सुर्तीजन्य पदार्थमा लाग्ने अन्त शुल्क करमा सामान्य वृद्धि भएकाे छ । पूँजीगत लाभकर घटेकाे छ । ७.५ प्रतिशत रहेकाे पूँजीगत लाभकर घटाएर ५ प्रतिशतमा झारिएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here