एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/ मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो ।

मूल्य बढेपछि पेट्रोल ११४, डिजेल/मट्टितेल ९७ र हवाई ईन्धनको आन्तरिकतर्फको ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।

यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here