त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने, सुर्खेतमा नयाँ विमानस्थल बन्ने

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल चौविसै घण्टा सञ्चालनमा ल्याउने बताएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत उनले सो विमानस्थललाई बुटिक विमानस्थल बनाउने पनि घोषणा गरे ।

आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने भनिएको भैरहवाको गौतम वुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई ३ अर्ब ३४ करोड र पोखरा विमानस्थलका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । पोखरा विमानस्थलको पनि धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नयाँ विमानस्थलका लागि संभाव्यता अध्ययन अघि बढाइने भएको छ भने निजगढ अन्तरराष्ट्रिय विमानस्थलको पूर्व तयारी कार्य अघि बढाउने घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here