प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

काठमाडौं, ७ फागुन । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको जानकारी दिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ के उपधारा (१) को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरिएकोे राष्ट्रपतिको कार्यलयले जनाएको छ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here