११ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ६ः३० बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्।
बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन्। प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय, तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिनेछ। सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन्।
