प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं, ७ फागुन । नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

शुक्रबार नै राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here