फोल्डेबल स्मार्टफोनको बढ्दो क्रेज : सामसुङ र मोटोरोला पछि एप्पल पनि फोल्डेबल फोन ल्याउदै

काठमाडौं । स्मार्टफोनको युगमा बिभिन्न डिजाइनका फोनहरू बजारमा आउने क्रम जारी छ ।

सामसुङ, नोकिया र मोटोरोला जस्ता कम्पनीहरू पछि पछिल्लो समय चिनियाँ स्मार्टफोनमा मानिसको आर्कषण बढेको छ । कम मूल्यमा धेरै सुविधा पाउने भएसंगै यस्ता फोनमा आर्कषण बढेको हो ।

तर, पछिल्ला समय फोल्डेबल फोनको सम्बन्धमा स्मार्टफोन कम्पनीहरूबीच कडा प्रतिस्पर्धा भईरहेको छ ।

सामसुङ र मोटोरोला पछि, अब एप्पल पनि आफ्नो फोल्ड योग्य स्मार्टफोन बजारमा ल्याउने तयारीमा लागेको छ । यसै समयमा फोल्डेबल फोनको बढ्दो क्रेजलाई ध्यानमा राख्दै धेरै चिनियाँ कम्पनीहरूले पनि फोल्डेबल स्मार्टफोनहरू ल्याइरहेका छन् ।

२०२० मा मोटोरोला र सामसुङ लगायत धेरै कम्पनीहरूले फोल्डेबल फोनहरू बजारमा ल्याए । २०२१ मा एप्पल, सामसुङ, सियोमी र भिभो जस्ता कम्पनीहरूले पनि उनीहरूका फोल्डेबल स्मार्टफोनहरू सुरूवात गर्ने तयारी गरिरहेका छन् ।

यस्ता छन् अब आउने फोल्डेबल फोन

एप्पलको फोल्डेबल फोन

अमेरिकी स्मार्ट फोन निर्माता कम्पनी एप्पल चाँडै फोल्डेबल फोन बजारमा ल्याउने तयारी गरिरहेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार एप्पलको फोल्डेबल फोनको डिजाईन सामसुङको जेड फ्लिपसँग मिल्दोजुल्दो हुनेछ ।

एप्पलको यो फोल्डेबल स्मार्टफोनको स्क्रीन ७.३ इन्चदेखि ७.६ इन्चसम्म हुन सक्दछ, जुन ओएलईडी प्यानल हुनेछ ।

शाओमीको फोल्डेबल फोन

चिनियाँ स्मार्टफोन कम्पनी शाओमी पनि यो वर्ष फोल्डेबल फोनको सुरुवात गर्दै छ । यस वर्ष, शाओमीले आफ्नो आउट फोल्डिङ, इन फोल्डिंग र क्लेमशेल डिजाइनका फोनको सुरुवात गर्दैछ ।

शाओमीको यस फोनको डिजाइन हुवावे मेट एक्ससँग धेरै मिल्दोजुल्दो रहने बताईएको छ । यद्यपि यसका सुविधाहरूको बारेमा कुनै पनि जानकारी अगाडि बढाइएको छैन । यस फोनको साइज डिस्प्ले अन फोल्ड पछि ८ इन्च सम्म हुन सक्छ ।

सामसुङको आगामी फोल्डेबल फोन

फोल्डेबल फोन को मामलामा सामसुङ धेरै अगाडी छ । कम्पनीले २०२० मा प्रीमियम सेग्मेन्टमा फोल्डेबल फोन सुरुवात गर्‍यो । यस वर्ष पनि सामसुङले नयाँ फोल्डेबल फोन सुरू गर्न तयारी गर्दैछ। सामसुङको नयाँ फोनको नाम ग्यालेक्सी जेट फोल्ड ३ हुन सक्दछ ।

कम्पनीले यसलाई ग्यालेक्सी जेट फोल्ड २ भन्दा सानो डिस्प्लेमा ल्याउनेछ । नयाँ स्मार्टफोनको डिस्प्ले ७.५५ इन्चको र फोनको कभर डिस्प्ले ६.२१ इन्चको हुने बताईएको छ । (एजेन्सीको सहायेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here