१० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो, चालक-सहचालकले पनि पाउने

काठमाडौं, ९ फागुन । भारतको सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ ।

आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । यो सरकारले भारतसँग खरिद गरेर ‘कोभिशिल्ड’ खोप हो ।

खोप टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीलाई पहिलो चरणमै खोप दिने निर्णय गरेको छ । उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् ।

फागुन २३ देखि कोभिड खोप अभियान अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here