सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, ‘निफ्रा’ सहित ७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, ९ फागुन । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । विहिबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

साताको पहिलो दिन नेप्सेले २६४०.३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि विहिबार नेप्सेले २६३६ विन्दु पार गरेको थियो ।

आइतबार सेयर बजार मापक सूचक नेप्से ३.६६ अंकले बढेर २६४०.३५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०६ कम्पनीको ८ अर्ब ८३ करोड ४६ लाख ३९ हजार ६६ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०६ कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार भएका ७ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनी मध्ये २ कम्पनीको सेयरमूल्य ८ प्रतिशले बढेको छ भने अन्य ५ कम्पनीको ९ प्रतिशत बढेको छ ।

आज अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श कम्पनी, चन्द्रागीरी हिल्स, समृद्धी फाइनान्स, एनआईसी एसिया ब्यालेन्स फण्ड, एनएमबी हाइब्रीड फण्ड र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

समूहगत रुपमा हेर्दा यस दिन जलविद्युत सबैभन्दा धेरै ८३ अंकले बढेको छ। सोबाहेक ब्यापार १६, होटल १२, विकास बैंक २९, उत्पादन ४ र अन्य समूह ३९ अंकले बढे।

बैंकिङ समूह ७ अंकले घट्यो। फाइनान्स ४, निर्जीवन बीमा ८३, माइक्रोफाइनान्स ४५ र जीवन बीमा ३६१ अंकले घटेका छन्।

कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा दोस्रोमा निफ्रा रह्यो। उसको ५३ करोड रुपैयाँको सेयर कारोबार भयो। ग्लोबल आइएमई, एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा अगाडि रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here