स्पेनिस ला लिगा : बार्सिलोना आज काडिजसंग भिड्दै, यस्तो छ बार्साको प्लेइङ ११

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना काडिजसंग भिड्दै छ ।

नेपाली समय अनुसार ६ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा खेल हुँदैछ । जसको प्रत्यक्ष प्रशारण फेसबुकमा लालिगा सर्च गरेर हेर्न सकिन्छ ।

अहिलेसम्म लिगमा २२ खेल खेलेको बार्सिलोना १४ खेलमा जित र समान ४/४ खेलमा बराबरी र पराजित हुँदै ४६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।

यता अहिलेसम्म २३ खेल खेलको काडिज २४ अंकसहित अंक तालिकाको १५ औं स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सके बार्सिलोनाले प्रथम स्थानमा रहेको एथ्लेटिको मड्रिडसंग अंक दुरी घटाउने छ ।

२३ खेलमा ५५ अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ । त्यस्तै, २४ खेलमा ५२ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

यस्तो छ बार्साको प्लेइङ ११

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here