क्याम्प नाउमा बार्सिलोना बराबरीमा रोकियो, मेस्सीको नाममा अर्को रेकर्ड

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना घरेलु मैदान क्याम्प नाउमा काडिज बिरुद्ध १-१ को बराबरीमा रोकिएको छ ।

आज भएको खेलमा बार्सिलोनाको लागि खेलको ३२ औं मिनेटमा पेनाल्टी मार्फत मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै काडिजका एलिक्सले बार्सिलोनालाई बराबरीमा रोकेका हुन् ।

जितसंगै बार्सिलोना २३ खेलमा ४७ अंक जाड्दै तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको नाममा थप एउटा रेकर्ड कायम भएको छ । बार्सिलोनाको लागि आइतबार ५०६ औं लालिगा खेल खेल्दै बार्सिलोनाको लागि सबैभन्दा धेरै ला लिगा खेल्ने खेलाडीको रुपमा नयाँ रेकर्ड बनाएका हुन् ।

यसअघि यो रेकर्ड जाभिको नाममा थियो । जाभिले बार्सिलोनाको जर्सिमा कुल ५०५ खेल खेलेका थिए । लियोनेल मेसीबाट बार्सिलोनाबाट ला लिगामा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।

ला लिगाको खेलमा जाभीलाई उछिनेर मेसी अगाडी गएपनि समग्रमा भने अझै जाभी नै अगाडी रहेका छन् । जाभीले बार्सिलोनाका लागि ला लिगाका ५०५ सहित कुल ७६७ खेल खेलेका थिए भने मेसीले आजको खेलसहित ७६१ खेल खेलेका छन् ।

मेसी र जाभी पछि बार्सिलोनाका लागि लिग धेरै खेल्ने खेलाडी आन्द्रे इनेस्टा हुन् । २०१८ मा बार्सिलोना छोडेका इनेस्टाले ला लिगाका ४४२ सहित बार्सिलोनाका लागि कुल६७४ खेल खेलेका छन् ।

त्यस्तै सर्जियो बस्क्वेटसले लिगका ३९९ सहित ६१० खेल खेलेका छन् भने कार्लोस पुयोलले लिगका ३९२ सहित कुल ५९३ खेल खेलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here