दमको समस्या भएका मानिसले के गर्ने, के नगर्ने ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाडौं । दमले सास फेर्न गाह्रो बनाउँछ । यो स्थिति नियन्त्रण गर्न सकिन्छ । लक्षणहरू र संकेतहरूलाई समयमै बुझ्न सक्ने हो भने यो बाट सजिलै छुटकारा पाउन सकिने कुरा चिकित्सकहरु बताउछन् ।

दमले छातीमा समस्या पैदा गर्छ । जसको कारण सास फेर्न कठिनाईको हुन्छ र निदाउन अप्ठेयारो हुन्छ ।

दम प्रदूषण, धूलो, एलर्जी, जीवनशैली परिवर्तन, मौसमी परिवर्तन सहित धेरै कारणबाट हुन्छ । मोटाई अस्थमाको दोस्रो जोखिम हो र सामान्यतया जीवनशैली परिवर्तन र खाने बानीको कारणले हुन्छ ।

दमका बिरामीहरूले के गर्ने र के नगर्ने भन्ने बारेमा प्रष्ट हुनुपर्छ । यस्ताछ दमका बिरामीले जान्नैपर्ने कुरा

के गर्ने :

– यात्रामा सँधै तपाईको इनहेलर आफूसँगै राख्नुहोस्

– डाक्टरको सल्लाह पछि इन्हेलर लिनुपर्दछ, डाक्टरसँग सम्पर्क राख्ने प्रयास गर्नुहोस्,

– घर सफा र धुलोमुक्त राख्ने प्रयास गर्नुहोस्

– योग, स्वस्थ खाना व्यायाम गर्नुहोस्

के नगर्ने :

– डाक्टरको सल्लाह बिना तपाईको इनहेलरलाई रोक्नुहोस्

– व्यायाम जारी राख्नुहोस्, तर स्वास्थ्यलाई असर गर्नेगरी भने होईन् ।

– प्रदूषण, धूलो भएको ठाउँमा नजाने । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here