रवि लामिछानेले गरे ‘ग्यालेक्सी टिभी’ सञ्चालनको घोषणा

काठमाडौं, ११ फागुन । सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ ।

गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

लामिछानेले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए । उक्त टेलिभिजनमा लामिछानेले चलाएको सिधा कुरा जनतासँग कार्यक्रम निकै चर्चित बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here