ग्यालेक्सि एमजिरो टु नेपाली बजारमा, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले एम सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सि एमजिरो टु नेपालमा सार्वजनिक गरेको छ ।

अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेमहरु खेल्न तथा अन्य कार्यहरु गर्न यो फोन उपयुक्त हुने कम्पनीले बताएको छ । यो स्मार्टफोन ६.५ इन्चको डिस्प्ले, मेगा ब्याट्री तथा माइक्रो सेन्सर युक्त १३ मेगापिक्सलको डुअल क्यामराको साथ उपलब्ध रहेको छ ।

विशेषताहरु

६.५ इन्च स्क्रीन भएको ग्यालेक्सि एमजिरो टु मा, मेगा भ्युइङ्ग एक्स्पेरियन्सको लागि एचडी डिस्प्ले राखिएको छ । जसमा विना रुकावट गेम खेल्न, सिनेमा हेर्न सकिन्छ । यसमा भएको एचडी प्लस स्क्रिनले अनलाइन कक्षा लिन, भिडियो कल गर्न र विषयवस्तुहरु पढ्न थप सहजता प्रदान गर्दछ । ग्यालेक्सि एमजिरो दुइमा ५००० एमएएच को ब्याट्री राखिएको छ ।

क्यामरा

ग्यालेक्सि एमजिरो टु मा १३ मेगा पिक्सलको मेन लेन्सको साथ डुअल रियर क्यामरा रहेको छ । त्यसैगरी ५ मेगा पिक्सल अगाडि राखिएको क्यामराले प्राकृतिक फोटोको क्वालिटि प्रदान गर्दछ र सेल्फी गेमलाई अझै मजबुद पार्दछ ।

ग्यालेक्सि एमजिरो टु नीलो, कालो, खरानी गरी ३ रँगमा उपलब्ध छ ।

मूल्य

दुई जिबी र्याम र ३२ जिबी स्पेश रहेको ग्यालेक्सि एमजिरो टु को मूल्य ११,९९९ र तिन जिबी र्याम र ३२ जिबी स्पेश रहेको ग्यालेक्सि एमजिरो टु को मूल्य १२,९९९ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here