तीन दिनमै ‘निफ्रा’ को शेयर मूल्य प्रतिकित्ता १८३ रुपैयाँ घट्यो, ५० र ६० कित्ता हुनेको कति गुम्यो ?

काठमाडौं । आक्रमक रुपमा बढेको नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य पछिल्लो केही दिनमा आक्रमक रुपमा नै घट्यो । लगातार पोजटिभ सर्किट हान्दै अघि बढेको निफ्राको शेयर मूल्य पछिल्ला ३ दिनमा मात्रै प्रतिकित्ता १८३ रुपैयाँ घट्यो ।

गत मंगलबार प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको निफ्राको शेयर मूल्य त्यसै दिन नेगेटिभ सर्किट हान्दै प्रतिकित्ता ५९४ रुपैयाँमा कारोबार बन्द भयो । प्रतिकित्ता ७२६ रुपैयाँ निफ्राको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

बुधबार पनि निफ्राको शेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ घट्यो । प्रतिकित्ता ३२ रुपैयाँ घटेसंगै बुधबार निफ्राको कारोबार प्रतिकित्ता ५६२ रुपैयाँमा बन्द भएको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि निफ्राको शेयर मूल्य प्रतिकित्ता १९ रुपैयाँ घट्यो । उक्त दिन निफ्राको कारोबार ५४३ रुपैयाँमा बन्द भयो ।

५० र ६० कित्ताधनीले कति गुमाए ?

निफ्राको शेयर मूल्य घटेसंगै ५० कित्ताधनीले ३ दिनमै ९ हजार १५० रुपैयाँ गुमाएका छन् । प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको समयमा पोर्टफोलियो ३६ हजार ३०० रुपैयाँको भएकोमा अहिले ५४३ रुपैयाँमा झर्दा २७ हजार १५० रुपैयाँमा झरेको छ ।

त्यस्तै ६० कित्ता धनीले यस बिचमा १० हजार ९८० रुपैयाँ गुमाएका छन् । प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको समयमा पोर्टफोलियो ४३ हजार ५६० रुपैयाँको भएकोमा अहिले ५४३ रुपैयाँमा झर्दा ३२ हजार ५८० रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here