५२ सहसचिव र उपसचिवको सरुवा तथा पदस्पथापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं, १४ फागुन । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा तथा पदस्पथापन गरेको हो ।

सरुवा हुनेमा २५ जना सहसचिव र २७ उपसचिव रहेका छन् ।

सरुवा हुनेमा सिन्धुली, कास्की, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, दैलेख, सुनसरी,इलाम, सल्यान, कैलाली, उदयपुर, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी साथै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल पनि रहेका छन् ।

सुनसरीमा उमेशकुमार ढकालको सरूवा भएको छ। उनी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थिए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सप्तरी सरूवा भएको छ। गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमको कास्की सरूवा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here